०८ बैशाख २०८१, शनिबार
Tags

५ दलिय गठबन्धन बाट महानगर प्रमुखमा नागेश कोइराला र उप-प्रमुखमा अमरेन्द्र यादव

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / पाँच दलीय गठबन्धनको तर्फबाट विराटनगर महानगर प्रमुखको उम्मेद्वार नागेश कोइराला भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले कोइरालालाई टिकट दिने निर्णय भएको थियो ।

पाँच दलीय गठबन्धनको निर्णय अनुसार विराटनगरको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीले लिनेछन् । कांग्रेसले उम्मेद्वारको टुंगो लगाए पछि जसपाले उप-प्रमुखमा अमरेन्द्र यादवलाई उमेदवार बनाएको छ ।

कांग्रेसले प्रमुखका लागि संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको पहलमा नागेशले टिकट पाएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्