२० मंसिर २०७९, मंगलबार
Tags

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य आशा को स्वतन्त्र उम्मेदवारी

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

बिराटनगर / मोरङको जहदा गाउँपालिकामा संबिधान सभा सदस्य तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि एवम महासमिति सदस्य आशा कुमारीले जहदा गाउँपालिकामा आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकि छिन् ।

जहदा गाउँपालिका लगायतको क्षेत्रमा दिन रात नभनि जनताको सेवामा लागे तर आज पार्टिले अर्कैलाई उम्मेदवार बनाएपछि पार्टिकै अग्रज साथिहरुको सल्लाह र समर्थनमा जहदा गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हु आशाकुमारिले हिपमत डटकमसंगको कुराकानिमा बताईन।

पार्टिले आशा मात्र देखायो कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता नेताहरुले गरेपछि मैले उम्मेदवारी दिएकि हु आशा छ जनताले मलाई न्याय गर्नु हुन्छ । देशमा पैसाको मात्र राजनीति हॊइन्न ईमानको राजनीतिलाई स्थापना गर्न एवम ग्रामिण क्षेत्रमा रहेको जहदा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन दिनरात एक गरेर लाग्ने छु। जनताको सेवा नै मेरो पहिलो काम हुने छ आशाले बताईन् ।

यहाँ कमेन्ट गर्नुहोस्