१४ बैशाख २०८१, शुक्रबार
Tags

राप्रपाबाट मेयरमा पूर्व मेयर प्रह्लाद साह र उप–मेयरमा बबिता आचार्यको उम्मेदवारी

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा पूर्व मेयर प्रह्लाद साह र उप–मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार साह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री र उप–मेयर आचार्य जिल्ला प्रवक्ताको जिम्मेवारीमा छिन् । आचार्य जिल्ला अध्यक्ष माधव आचार्यकी श्रीमती समेत हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्