१२ बैशाख २०८१, बुधबार
Tags

विराटनगरको मेयरमा १६ र उप-मेयरमा १७ जना तथा वडा अध्यक्षमा १७२ जनाएको उम्मेदवारी दर्ता

Hamromat.com मंगलबार, बैशाख १३, २०७९

विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेद्वारी दिएका छन् ।

विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेद्वारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् ।

ती वडाहरुको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेद्वारी दिएका छन् । सोमबारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहिलो दिन आइतबार ३ जना गरि १६ जनाले प्रमुखमा मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालका अनुसार प्रमुखमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट प्रल्लाह साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अरुण कुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् ।

आइतबार मात्रै स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा भने जसपाबाट उपेन्द्र यादवको छोरा अरमेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट विन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
hamromat.com बाट

यहाँ कमेन्ट गर्नुहोस्