१५ चैत्र २०८०, बिहिबार
Tags

नमिता नाउपानेको विराटनगर महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन ।

गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन । विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला मेयरको उम्मेदवार बनेका छन् भने जसपाका अरमेन्द्र यादव उपमेयरको उम्मेदवार बनेका छन् । कांग्रेसले गठबन्धनमा रहेका दललाई वास्ता नगरेको भन्दै नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्र का नेताहरू रुष्ट बनेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्