१२ बैशाख २०८१, बुधबार
Tags

दुई जना नक्कली डाक्टर क्लिनिकबाटै पक्राउ

रणभूमी डेस्क बुधबार, बैशाख १४, २०७९

विराटनगर / चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरि भारतबाट नेपाल आएर गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगेको आरोपमा मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट दुईजना नक्कली चिकित्सक पक्राउ परेका छन् ।

नेपाल मेडिकल काउन्सिलबाट ईलाज (उपचार) इजाजत अनुमति प्राप्त नगरि बिरामीको उपचार गराउँदै आएका चिकित्सक भनिएका दुई भारतीय नागरिकलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ रानिगन्ज पानसाली पञ्चायतका पर्सनजित बर्मन र देबीगञ्ज ग्रामपञ्चायतका सनोड मण्डल रहेका छन् । बर्मनले पथरीशनिश्चरे–१ फिलिम हल लाइनमा श्रीराम पाईल्स क्लिनिक र मण्डलले सुन्दरहरैचा–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनमा सञ्चालित श्रीराम पाईल्स क्लिनिक र सुन्दरहरैंचा–३ गछियामा सञ्चालित कल्पना आयुर्वेदिक क्लिनिक खोलेर डाक्टर बताउने उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको हो । उनीहरु विरुद्ध मेडिकल काउन्सिलसँग समेत पारमर्श लिएर मोरङ जिल्ला अदालतबाट ईलाज सम्बन्धि कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्