०४ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर-१५ को कांग्रेस उम्मेदवार प्रकाश शाहको उम्मेदवारीले वडा बाशी हर्षित

रणभूमी डेस्क बिहिबार, बैशाख १५, २०७९

विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिका वडा नम्बर १५ को अध्यक्षमा नेपाली कांग्रेसका नेता प्रकाश शाहले उमेद्वारी दिएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका वडा सभापति समेत रहेका शाह पदमा वडा अध्यक्ष पदमा पहिलो पटक उम्मेदवारी दिएका हुन् । शाहले वडाको विकाशका लागि महत्त्वपूर्ण आधारहरु निर्माण गरी विराटनगर-१५ लाई नमूना वार्डको रुपमा प्रस्तुत गर्ने लक्ष्य राखेको बताए ।

नेपाली कांग्रेसको मात्रै नभई वडा तथा समाजमा अत्यन्तै लोकप्रिय रहेको शाहको उम्मेदवारीले सहियोगी तथा शुभचिन्तकहरुमा समेत ऊर्जा र उत्साह देख्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्