१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-१५ को राप्रपा उम्मेदवार पदम बहादुर कार्की (बच्चु)को लोकप्रियता कायमै

रणभूमी डेस्क बिहिबार, बैशाख १५, २०७९

विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिका वडा नम्बर १५ को अध्यक्षमा बहादुर कार्की (बच्चु)ले उम्मेदवारी दिएका छन् ।

कार्की पहिले पनि दुई पटक वडा अध्यक्षको रुपमा निर्वाचित भई सकेका लोकप्रिय उम्मेदवार हो ।

निष्पक्ष र निस्वार्थ भावना, असल क्षवि भएका कार्कीको शुभचिन्तकहरुको आग्रहमा कार्कीले यसपटक पनि उम्मेदवारी दिएका हुन् ।

राप्रपा बाट उम्मेदवार भएका कार्कीले पार्टी तथा आफ्नो व्यक्तिगत तर्फबाट केही लोकप्रिय कार्यक्रम उल्लेख गरी चुनावी एजेण्डा बनाएको छ । राप्रपाले १२ कक्षासम्म निःशुल्क शिक्षा , सार्वजनिक स्थलमा फ्री वाइफाइ , ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा , स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय एजेण्डामा राखेको छ ।

वडामा सुत्केरी सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइने, स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता , क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता , प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप , प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्