१६ चैत्र २०८०, शुक्रबार
Tags

सशस्त्र प्रहरीद्वारा पिठोको बोराबाट अधा पिठो आधा लागुऔषध बरामद

रणभूमी डेस्क शुक्रबार, बैशाख १६, २०७९

विराटनगर / पिठो भनेर बोरामा लागुऔषध जोगबनीबाट नेपाल ल्याउँदै गर्दा सीमामा खटेको सशस्त्र प्रहरी जवानले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शुक्रवार दिउँसो करिब ३ बजेको समयमा भारतको जोगबनी इन्द्रानगर टिकुलिया वस्तीबाट पिठोको बोरामा हालेर करिब आधा बोरा लागुऔषध नेपाल ल्याइरहेको बेला विराटनगर-१६ स्थित दरैया वस्तीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट डिउटीमा खटेको एक सशस्त्र प्रहरी जवानले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले दरैयाको सीमा क्षेत्रमा भारत बाट आउनेहरूको सामान चेक जाँच गर्ने क्रममा साईकलमा ल्याउँदै गरेकाे पिठोको बोरा भएको साईकल यात्रुलाई रोक्न खोज्दा साईकल यात्रु सशस्त्र प्रहरीलाई देखेर साईकल छोडेर भारत तर्फ भागेको थियो । प्रहरीलाई शंका लागि उक्त साईकलमा भएको बोरा खोलेर चेक जाँच गर्दा प्रतिबंधित लागुऔषध डाईलेक्स डिसी १०० एम.एल. ५९ बोतल, नाईत्रो भेट ट्याब्लेट ६०० थान र स्पासमो प्रोक्सिभन् प्लस क्याप्सुल ५२८ थान रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३ गण टंकी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताए ।

फेला परेको लागुऔषध आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्