१३ बैशाख २०८१, बिहिबार
Tags

मोरङ्ग व्यापार संघको स्वदेशी बजार संरक्षण र ट्राफिक व्यवस्थापन कार्यक्रम सम्पन्न

रणभूमी डेस्क शुक्रबार, बैशाख १६, २०७९

विराटनगर / शुक्रबार मोरंग व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने तथा स्वदेशी बजार प्रवद्र्धनमा समेत जोड दिने अभिप्रायले जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमती वन्दना जैनको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष नवीन रिजालले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई सो सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा मोरंग व्यापार व्यापार संघका अध्यक्ष, पदाधिकारीहरु, कार्य समितिहरु सहित महिला उद्यम समितिकी संयोजक र सदस्यहरु र युवा उद्यम समितिका संयोजकको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्