१६ चैत्र २०८०, शुक्रबार
Tags

विओपी दरैयाद्वारा अवैध सामान पक्राउ गरी भन्सार दाखिला

रणभूमी डेस्क सोमबार, बैशाख १९, २०७९

विराटनगर / बिहानको समयमा भन्सार छली जंगलको बाटो हुँदै अवैध रुपमा नेपाल ल्याउँदै गरेकाे लाखौं मूल्य बराबरको कपादा तथा भाँडाकुँडाहरु सशस्त्र प्रहरीले पक्राउ गरी भन्सार दाखिला गरेको छ ।

बोर्डर आउट पोस्ट दरैया बाट खटेको सशस्त्र प्रहरीको गस्ती टोलीले बिराटनगर-१६ स्थित दरैयाको मोरङ्ग सुनसरी जोड्ने केसलिय खोलाको किनर हुँदै आज बिहान करिब साढे ५ बजेको समयमा बिराटनगर तर्फ अवैध रुपमा भन्सार छली लैजाँदै गरेको कुर्था सुरुवालको सेट ८३ थान, फलामको बाल्टिन १४ थान र डिस्पोजल प्लेट चम्चा १ कार्टुन फेला पारी नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्