२६ बैशाख २०८१, बुधबार
Tags

विभिन्न किसिमको लागुऔषध सहित एक जनालाई इप्रका रानी सिमाद्धार पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख १९, २०७९

विराटनगर / इलाका प्रहरी कार्यालय रानी (सीमा) ले विभिन्न किसिमको लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत बाट भत्केको पर्खाल हुँदै नेपाल तर्फ आउदै गरेको इटहरी -९ बस्ने वर्ष ३१ को सन्दिप चौधरीलाई ईप्रका रानी सीमा प्रमुख दिल्ली देवकोटाको नेतृत्वमा खटेको टोलीले चेक जाँचको क्रममा पक्राउ गरेकाे हाे । पक्राउ परेका चौधरीको साथबाट लागूऔषध लुपिजेसिक, फेनारागन, एभिल र दाईजिपाम नाम गरेको टिटी २० थान, नाईट्रोभेट टेन ट्याब्लेट १० थान, सपास्मो प्रोक्सीभन क्याप्सुल २४ थान र गाँजा १०० ग्राम फेला परेको थियो ।

पक्राउ परेको चौधरीलाई थप अनुसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानी (सीमा) प्रमुख प्रनानि दिल्ली देवकोटाले भने “नेपाल सरकारले बन्देज गरेकाे कुराहरू सीमावर्ती एरियामा हुने आपराधिक गतिविधि, लागुऔषधको कारोवार, दुर्व्यसनी, चोरी चकारी तथा तस्करी जन्य कार्य गर्ने जोकोहीलाई पनि कार्वाही गर्न कुनै पनि किसिमको सम्झौता नगर्ने तथा आफु ईप्रका रानी (सीमा) रहुञ्जेल लागुऔषध सम्बन्धी विकृतिलाई निर्मूल बनाउने लक्षय छु । आफूलाई जस्तो सुकै दवाव आएपनि कसैको दवावमा नबसी कानुन विपरीत कार्य गर्नेहरूलाई किमार्थ छोडिने छैन ।”

यहाँ कमेन्ट गर्नुहोस्