१५ बैशाख २०८१, शनिबार
Tags

एकै दिनमा तीन पटक लागुऔषध सहित तिनजना ईप्रका रानी (सीमा) द्वारा पक्राउ

रणभूमी डेस्क मंगलबार, बैशाख २०, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी (सीमा) बाट रातिको समयमा भारत बाट शरीरमा सेट गरी नेपाल ल्याएको लागुऔषध सहित एकजनालाई प्रनानि दिल्ली देवकोटाको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको छ।

आईतवार राती करिब ८:४५ बजेको समयमा बिराटनगर -१६ स्थित भत्केको पर्खाल नजिकबाट लागुऔषध ल्याउने व्यक्ति धनकुटा नगरपालिका -७ बस्ने वर्ष २२ को रबिन मल्लिकलाई लुपिजेसीक, डाईजीपाम, फेनारगण र एभिल नाम गरेको टिटीमा प्रयोग हुने प्रतिबंधित लागुऔषध २६३ एंपुल देवकोटाले नियन्त्रणमा लिएको थियो ।

फिल्मी शैलीमा लागूऔषध बोक्ने युवक देवकोटाको हाथ बाट उम्किन खोज्ने क्रममा लडी बुडी गर्दा केही थान लागुऔषध शरीरमै फुटेको थियो । नजिकै रहेको देवकोटाको थप डिउटी टोली घटना स्थल पुगी घट्ना स्थलमै मल्लिकको पेन्टको तालको भाग हटाएर हेर्दा शरीर भारी लागूऔषध बाधेको पाईएको थियो । उक्त लागुऔषध सहित मल्लिकलाई कार्वाही प्रक्रियाको लागि इप्रका रानीलाई बुझाएको छ ।

आईतवार इप्रका रानी (सीमा) प्रमुख देवकोटाकै निर्देशन मा अन्य दुई जनालाई लागु औषध सहित पक्राउ गरी थप अनुसंधान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्