१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-१३ अध्यक्ष पदको उम्मेदवार सूर्यनारायण यादवको कार्यकर्ताहरु उत्साहित

रणभूमी डेस्क मंगलबार, बैशाख २०, २०७९

विराटनगर / वैशाख ३० गते हुने स्थानिय निर्वाचनको चुनावी मैदानमा बिराटनगर-१३ मा राप्रपा बाट उमेदवार भएका सूर्यनारायण यादव आफ्ना सहियोगीहरुलाई साथमा लिएर बडो उत्साहका साथ घर दैलो कार्यक्रममा गर्नमा व्यस्त छन् ।

विराटनगर-१३ को स्थानिय जनताको नजरमा यादव एक असल र निष्पक्ष क्षवि भएका समाजसेवी व्यक्तित्व भएको व्यक्ति हुन् भनी बताउँछन् । यादव व्यक्ति मात्रै नभई अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एजेण्डा र धारणाहरू पनि असल भएको स्थानिय सञ्जीव साह बताउँछन् । स्थानिय निर्वाचनको मिती नजिकै रहेको भएर चुनाव प्रचार प्रसारको लागि घर दैलो कार्यक्रममा निस्किन वडा अध्यक्षको उम्मेदवार ढिलो भएपनि सहयोगिहरु भने समयमै आएर घर दैलो अभियानमा लागिपरेको उत्साह देख्दा यादवको जीत सुनिश्चित भाईसकेको साहको प्रतिक्रिया छ ।

राप्रपाको चुनाव प्रचार प्रसारमा भोट सँगसँगै मतदाता शिक्षाको पनि बारेमा स्थानिय मतदाताहरुलाई सिकाउँदै चुनाव प्रचार प्रसारमा अघि बढिरहेको विराटनगर-१३ को अध्यक्ष पदको उमेदवार सूर्यनारायण यादवले बताए ।

यादव पहिले ३ कार्यकाल काम गरिसकेको उमेदवार हो । यादवले बल मा.वि.को जग्गा दाता तथा कुनै पनि पदमा नबसी आफ्नो पहलमा ५० लाख को बजेट भवन निर्माण गर्न सफल भएको, समाज सेवी अनुभवी उमेदवर यादव राम जानकी मन्दिरमा आफ्नै पहल मा बजेट ल्याई धर्मशाला को कार्य गराई रहेको छ । १३ नम्बर वडामा सबै भन्दा राम्रो छवि भएको र स्थानीय युवाहरूको पुर्ण समर्थन रहेको स्थानिय चन्द्र राईले रणभूमी डटकमलाई बताए बताए ।

यहाँ कमेन्ट गर्नुहोस्