०७ बैशाख २०८१, शुक्रबार
Tags

ए.नेकपा समाजवादी विराटनगर १७ को घरदैलो तथा चुनाव प्रचार प्रसार तिव्र

रणभूमी डेस्क बिहिबार, बैशाख २२, २०७९

विराटनगर / नेकपा एकीकृत समाजवादीको तर्फबाट विराटनगर महानगरपालिकाको-१७ नं वडा बाट आफ्नो चुनावी एजेण्डा सहित मो. तवरेज आलम सहितको टोली व्यापक प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा लागेका छन् ।

आफ्नो गाउँ ठाउँमा आफ्नै लोकप्रियता भएका ए.समाजवादीका उमेदवारहरु गाउँघरकै सानो सानो खुसीमा रमाउने व्यक्तिहरुले समुह बनाई उमेदवारी दिएका थिए ।

ए.समाजवादी पार्टी बाट बिराटनगर – को वडा अध्यक्ष पदको उम्मेदवारमा मो. तवरेज आलम, तथा सदस्य पदहरूमा मो. जुनेद आलम सन्नी कुमार साह र महिला सदस्यहरु पुन्नी देवी ऋषिदेव, सोनी खातुनले आफ्नो चुनावी एजेण्डा बोकेर चुनाव प्रचार प्रसारमा लागेका छन् । नेकपा ए.समाजवादी १७ नं को एजेण्डाहरु स्थानीय हाट बजार तथा पशु वधशालाको व्यवस्थापन गर्ने । सकड , बिजुली तथा ढल निकासको सही ढङ्गले व्यवस्थापन गर्ने । रानी – १७ को सार्वजनिक जग्गामा हरियाली पार्क तथा विश्राम स्थल निर्माण गर्ने । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीका साथै उपलब्ध एम्बुलेन्स सेवालाई व्यवस्थित गर्ने । स्थानीय मदरसामा कक्षा ८ बाट स्तरोन्नती गरि कक्षा १० सम्म व्यवस्थापन गराईनेछ । स्थानी मटेरुवाको खेल मैदानलाई पुनः रुपमा सञ्चालनमा ल्याई व्यवस्थित बनाउदै लैजाने । धार्मिक पूजाआजा , विवाह , ब्रतबन्ध तथा गोष्ठीको लागि सामुदायिक भवन निर्माण गर्ने । निर्माणाधिन कलभर्ड तथा खेल प्रतियोगिताहरुका लागि विशेष अनुदानको व्यवस्था गर्ने । हिमालय मिल पश्चिमको बाटोलाई पिच बनाइने । स्थानीय युवाहरुलाई स्वरोजगारको व्यवस्थाको लागि पहल गरिनेछ साथै युवाहरुका लागि व्यामशालाको व्यवस्था गरिनेछ भनी एजेण्डा धारणाहरू प्रस्तुत गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्