१३ बैशाख २०८१, बिहिबार
Tags

जसपा बाट असन्तुष्ट बुथ सभापतिद्वारा पत्रकार सम्मेलन

रणभूमी डेस्क शुक्रबार, बैशाख २३, २०७९

विराटनगर / जनता समाजवादी पाटी जसपाको जिल्ला समितीले आर्थिक चलखेल गरी टिकट वितरणमा अनियमितता गरेको भन्दै जसपा बिराटनगर -१५ का बुथ सभापतिले पत्रकार सम्मेलन गरेका छन् ।

विहीवार बिराटनगर -१५ का बुथ सभापति गोपाल प्रसाद साहले पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला अध्यक्ष राजकुमार यादव , जिल्ला समन्वय समिति सदस्य राकेश रोशन यादव , जिल्ला कार्यकारणी सदस्य प्रवीण जैन र जनता समाजवादी पार्टीको नगर समितिको कोषाध्यक्ष रुस्तम अलि वैशाख १२ गते दिउसो १:३० बजेको समयमा स्टनस्टार होटलमा साहलाई वडा अध्यक्ष पदको टिकट दिई सकेको साहका समर्थकहरुलाई बताए । साहलाई निर्वाचन कार्यालय जानुको सट्टा जिल्ला अध्यक्ष राजकुमार यादवको घरमा केही काम विशेषले जान लगाई अलमलमा पारेर साहको वारेश राकेश रोशन यादव मार्फत टिकट रुस्तम अलीलाई दिएको बताए ।

पार्टीले प्रत्यक्ष रुपमा अरूको दृष्टिमा साहको चरित्र, आचरण नैतिकता माथि मान मर्दन हुनेगरी ख्यातिलाई होच्याउने तरिकाले उमेदवारीका बारेमा प्रचार प्रसार गरी अपमान गरेको भनी मोरङ्ग जिल्ला अदालतमा वैशाख २१ गते ०७८-सि४-०५५० नं मा मुद्दा दर्ता गराएको छ ।

साहले पत्रकार सम्मेलनमा आफूमाथि षडयन्त्र भएको भनी प्रमाण स्वरुप केही फोन काल रेकर्डिङ्ग पनि सुनाएका थिए ।

जसपा बिराटनगर – बुथ सभापति साहले पार्टीले गरेको व्यवहार प्रति दुःख व्यक्त गर्दै वैशाख ३० गते हुने निर्वाचनमा बिराटनगर -१५ कै नेपाली कांग्रेसको उम्मेदवार प्रकाश साहलाई सघाउने पत्रकार सम्मेलन मार्फतनै घोषणा गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्