१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-१५ का जसपा उमेदवार रुस्तम चुनाव प्रचार प्रसार व्यस्त

रणभूमी डेस्क शुक्रबार, बैशाख २३, २०७९

विराटनगर / जनता समाजवादी पार्टी नेपाल बाट बिराटनगर महानगरपालिका -१५ को उमेदवार मो.रुस्तम चुनाव प्रचारमा व्यस्त भएका छन् ।

मुस्लिमहरुको महान पर्वमा रोजा बस्दै अाईरहेको रुस्तम अलि ईद पर्व सकिए पछि ईद पर्वको शुभकामना सँगसँगै आफ्नो तथा सहयोगी सदस्य पदका उमेदवारहरुलाई साथमा लिएर चुनाव प्रचार प्रसारमा तथा घरदैलो कार्यक्रममा लागेका छन् ।

यो भन्दा अगाडि पनि जसापा नेपाल बाटै सो वडामा उमेदवार मो.असलम आलम निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय निर्वचनमा रुस्ताम अलि मधेशी जनअधिकार फोरम लोकान्त्रिक बाट उमेदवारभई थोरै माताको अन्तरबाट पछ्डी परेका थिए । त्यसपछि नेपाली कांग्रेसमा समावेश भएका थिए लगत्तै नेपाली कांग्रेसकै मुसलिम जिल्ला सदस्य समेत भईसकेका अलि २०७८ फाल्गुन १४ गते नेपाली काँग्रेकालाई त्यागेर जसपा प्रवेश गरेका थिए हाल जसपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

रुस्तम अलि स्थानिय स्तरमा निरन्तर समाजसेवा सक्रिय असल क्षवि भएको व्यक्तित्त्व भनेर पहिचान बनाएको उमेदवार हो ।अलिको समर्थक तथा शुभचिन्तकहरु निरन्तर चुनाव प्रचार प्रसारमा लागेर घरदैलो कार्यक्रमहरु गरिरहेका छन् ।

अहिले जसपाबाट बिराटनगर १५ का वडा अध्यक्षको उम्मदवार अलिको साथमा महिला सदस्य आशा देवी साह, ललिता देवी पासवान, अर्जुन कुमार साह र अशोक कुमार मण्डलको उमेदवारी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्