१५ चैत्र २०८०, बिहिबार
Tags

विराटनगर-१८ वडा अध्यक्षको उम्मेदवार दिनेश यादवको चर्चा

रणभूमी डेस्क शनिबार, बैशाख २४, २०७९

विराटनगर / यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा भाग लिएका जनता समाजवादी पार्टीको तर्फबाट विराटनगर -१८ नं वडाको अध्यक्ष पदको उमेदवार दिनेश यादवको घर दैलो कार्यक्रममा उम्रिएको भीडले यादवको लोकप्रियता झल्काएको छ ।

महानगर पालिका भित्र ५ वर्ष अगाडि मात्र समावेश भएको विराटनगरको १८ नं वडामा विकाश निर्माणको कार्यहरु धेरै भएपनि यादवले आवश्यक सबै कार्य सँग सँगै आफ्नो वडामा स्वास्थ्य, शिक्षा र रोजगार लगाएतको विषयमा बढी जोड दिने धारणा प्रस्तुत गर्दै यादवले घरदैलो अभियानलाई व्यापक बनाएका छन् ।

यादव २०५१ साल देखि राजनीतिमा सक्रिय व्यक्ति हो । यादवले गर्ने राजनीतिमा पहिलो प्राथमिकता आफ्नो समाज उत्थान र समाजिक कार्यहरु गर्नमा दिने व्यक्ति हो । यही सब कारणले गर्दा यादव विराटनगरको दक्षिनी भेग र पहिलेको बुद्धनगर गाविस भनेर चिनिने ठाउँमा अति लोकप्रिय नेता भनेर चिनिने गरेका छन् ।

अहिले यादवको साथमा चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमको लागि साढे तीन चार सय महिला पुरुषहरु यादवलाई सघाउँदै यादवको लागि भोट मागिरहेका छन् ।

१८ नं वडा अध्यक्षको उम्मेदवार दिनेश यादवको साथमा महिला सदस्य शैली यादव, दलित महिला सदस्य ललिता देवी तत्मा तथा सिबोद मण्डल र नरेश यादव रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्