१२ बैशाख २०८१, बुधबार
Tags

विराटनगर-१७ मा जसपा उम्मेदवार समिम कमर अधुरा कामहरु पूरा गर्ने अवशर पाउने

रणभूमी डेस्क शनिबार, बैशाख २४, २०७९

विराटनगर / विराटनगर महानगर पालिका -१७ मा निर्वाचित भइसकेर जनता समाजवादी पार्टीबाट दोश्रो पटक अध्यक्ष पदको उमेदवार समिम कमरले चुनाव प्रचार प्रसाललाई व्यापक बनाएको छ ।

बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा पुन: अध्यक्ष पदमा उम्मेदवारी दिएका जसपा तथा विराटनगर १७ को लोकप्रिय नेता समिम कमरको उमेदवारीलाई १७ नं वडाको जनताले स्वागत गर्दै समर्थन जनाएका छन् ।

नेता कमरले ५ वर्षीय कार्यकालमा विकाश निर्माणको काम सँगसँगै स्थानिय वडा वासीको हरेक सुख दुःखमा देखाएको सहियोगि भावना प्रति स्थानिय मतदाताहरुले कमरलाई नै यस पटक पनि सहयोह गर्ने बताउँछन् ।

चुनावमा अन्य पार्टीहरूसँग प्रतिष्प्रधा भएपनि कमरलाई विश्वास गरेर चुनाव जिताएकाहरुले यस पटक पनि जिताउने छ भन्ने विश्वास वडा नं १७ का वडा अध्यक्षको उम्मदवार समिम कमरको रहेको छ ।

कमरले ५ वर्षीय कार्यकालमा अधूरा तथा बाकी रहेका विकाश निर्माण लगायतका कार्यहरु यस पटक पुरा गर्ने प्रतिब्धता जाहेर गरेको छ ।

यसपटक कमरको साथमा महिला वडा सदस्य चुलिया देवी साह, दलित महिला सदस्य बसन्ती देवी पासवान र सदस्यहरु जाकिर आलम, मञ्जर आलम उमेदवार रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्