१३ बैशाख २०८१, बिहिबार
Tags

काँग्रेसबाट विराटनगर-१४ नं वडा अध्यक्षको घर दैलो कार्यक्रम उत्साहजनक

रणभूमी डेस्क शनिबार, बैशाख २४, २०७९

विराटनगर / विराटनगर महानगर पालिका १४ नेपाली कांग्रेस वडा अध्यक्षको उम्मेदवार रमेश कुमार राजवंशीले चुनाव प्रचार प्रसारलाई व्यापक बनाउँदै घर दैलो कार्यक्रम गरिरहेका छन् ।

निर्वाचन आचार संहिताको पालना गर्दै थालेको चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा उल्लेखनीय र उत्साहजनक कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

बिराटनगर -१४ मा नेपाली कांग्रेसको मात्र नभई राजवंशीको पनि राम्रो लोकप्रियता देख्न सकिन्छ । पार्टीले घोषणा गरेको चुनावी एजेण्डा सँगसँगै राजवंशीको वडामा गर्ने विकाशको एजेण्डाहरु एकदम फरक रहेको छ । वडा अध्यक्ष पदका उम्मेदार राजवंशी भन्छन् जनताको समस्यालाई आफ्नो समस्या मानेर त्यस्को सामाधान गर्नु नै प्रमुख एजेण्डा हो । आफू पनि यही वार्डमा बसेका हुनाले वार्ड भित्र भएका र आफूले भोगेका कुराहरूलाई कसरी समाधान गर्ने त्यस तर्फ आफ्नो ध्यान केन्द्रित गरी चुनावी मैदानमा उत्रेको बताउँछन् । राजवंशीले सानोसानो कुराहरूलाई जोड्दै सुधार गर्दै सम्पन्न वडाको रुपमा विकास गर्ने लक्ष्य लिएर अगाडी बढेको बताए ।

विराटनगरको १४ नं वडा क्षेत्रफलकाे हिसाबमा अलिकति ठुलो वडा भए पनि विकाशको कामहरु भने सबै तिर समान रुपमा गर्ने भनी राजवंशी को साथमा सदस्य पदको उम्मेदारहरु शशि महतो, महिला सदस्य वर्षा सापकोटा, कविता शाह र सकुन्तला पासवान रहेकी छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्