१५ चैत्र २०८०, बिहिबार
Tags

विराटनगर-१५ मा प्रकाश साहको समर्थकहरुले निकाल्यो र्‍याली

रणभूमी डेस्क आइतबार, बैशाख २५, २०७९

विराटनगर / बैशाख ३० गते हुने स्थानिय निर्वाचन २०७९ मा विराटनगर महानगर पालिकाको १५ नं वडाको नेपाली कांग्रेसबाट अध्यक्ष पदको उम्मेदवार प्रकाश साहको समर्थनमा शनिवार करीब एक हजारको संख्यामा मानिसहरू सहभागि भई र्‍याली निकालेका छन् ।

साहको समर्थनमा विहान १० बजे निकालेको र्‍यालीमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य अमृत अर्याल र नेपाली काँग्रेस १ नं प्रदेश कोषाध्यक्ष राजेश गुप्ता लगाएत अरुपनि नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । र्‍यालीले विराटनगरको १५ नं वडा पुरै परिक्रमा गरेर चुनाव प्रचार प्रसार पार्टी कार्यलयमा पुगेर विश्राम लिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्