०८ बैशाख २०८१, शनिबार
Tags

विराटनगर-१७ मा असलम आलमको समर्थकहरुले निकाल्यो मोटरसाइकल र्‍याली

रणभूमी डेस्क आइतबार, बैशाख २५, २०७९

विराटनगर / बैशाख ३० गते हुने स्थानिय निर्वाचन २०७९ मा विराटनगर महानगर पालिकाको १७ नं वडाको नेपाली कांग्रेसबाट अध्यक्ष पदको उम्मेदवार असलम आलमको समर्थनमा शनिवार करीब २ सयको संख्यामा मानिसहरू सहभागि भई मोटरसाइकल र्‍याली निकालेका छन् ।

आलमको समर्थनमा विहान साढे १० बजे निकालेको र्‍यालीमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य अमृत अर्याल र नेपाली काँग्रेस मोरङ्ग ५ नं क्षेत्रको सचिव मो.फैयाज लगाएत अरुपनि नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । र्‍यालीले विराटनगरको १७ नं वडा पुरै परिक्रमा गरेर चुनाव प्रचार प्रसार पार्टी कार्यलयमा पुगेर सभामा परिणत भएको थियो ।

सानै उमेरमा असलम आलम पहिले पनि विराटनगर १५ नं वडाबाट अध्यक्ष पदमा निर्वाचित भईसकेको उमेदवार हो । आलमले विराटनगर-१५ नं वडामा धेरै हद सम्म विकासको काम सकेर ३० गते हुने निर्वाचनमा भाग लिन १७ नं वडाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्