१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-११ का जसपा उमेदवार समाजसेवी गणेश साह विजेता बन्ने संकेत

रणभूमी डेस्क आइतबार, बैशाख २५, २०७९

विराटनगर / जनता समाजवादी पार्टी नेपाल बाट बिराटनगर महानगरपालिका -११ को उमेदवार गणेश कुमार साहले चुनाव प्रचारलाई तिव्रता दिएका छन् ।

पछिल्लो समय नेपाल वैश्य युवा संघको जिल्ला अध्यक्ष भएर समाजिक कार्यहरूमा सक्रिय भई गणेश साहले समाज प्रतिको जिम्मेवारीलाई मूल्यांकन गर्दै नगर र समाजमा जस्तो सुकै कठिन परिथितीमा पनि आफ्नो समाज प्रतिको दायित्व सम्भाल्दै समाजीक कार्यहरु गर्दै जनमानस प्रति सेवा र सहयोग गर्नेगरेको कुराले साहलाई चर्चामा ल्याएको थियो । महामारीको बेला होस वा विपतको अवस्थामा साहले समाज प्रति देखाएको सेवाको भावलाई अहिले जनताले मूल्यांकन गरेर साहलाई सघाउने भएका छन् ।

अहिले साह जनता समाजवादी पार्टीबाट बिराटनगर -११ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । साह समाजीक कार्यहरूमा जती सक्रिय थिए त्यतिनै सक्रियताका साथ अहिले चुनाव प्रचार प्रसारमा लागिपरेका छन् ।

विराटनगर -११ का अधिकांस जनताले साहको काम प्रति सन्तुष्टी जनाउँदै वडा अध्यक्षको रुपमा स्वीकार्ने गणेश कुमार साहको दावी छ । साह अहिले आफ्ना सहयोगी सदस्य पदका उमेदवारहरुलाई साथमा लिएर चुनाव प्रचार प्रसारमा तथा घरदैलो कार्यक्रममा लागेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्