१६ चैत्र २०८०, शुक्रबार
Tags

नेकपा एस विराटनगर १७ को चुनावी चर्चा पनि राम्रै

रणभूमी डेस्क आइतबार, बैशाख २५, २०७९

विराटनगर / नेकपा एकीकृत समाजवादीको तर्फबाट विराटनगर महानगरपालिकाको-१७ नं वडामा उमेदवारी दिएका मो.तवरेज आलम पनि निकै चर्चामा रहेको छ ।

नेकपा एस बाट अध्यक्ष पदको उमेदवार आलमले सडक प्रदर्शन नगरे पनि घरदैको कार्यक्रमलाई नै व्यापक बनाई आफ्नो सदस्य पदको उमेदवारहरुलाई साथमा लिएर भोट माग्न व्यस्त रहेका छन् ।

विराटनगरको १७ नं वडामा अधिकांस व्यक्तिहरू गरिबीको रेखा मुनि छन् । अध्यक्ष पदको उम्मेदवार तवरेज पनि सोही समुदायमा हुर्केको मान्छे हो । तवरेजको उम्मेदवारीले स्थिनिय समुदायका मानिसहरू हर्षितभई गरिबलाई गरीबले नै हेर्छ भनी समर्थन जनाएका छन् । धेरै ले त गरीब परिवारको मानिस पनि वडा अध्यक्ष (मुखिया) बन्न सक्छन् भनेर बाक्लो संख्यामा स्थानियहरु बिना कुनै लोभ लालच तवरेजलाई निस्वार्थ सघाउन र आलमको लागि मत माग्न घुम्ने गरेका छन् । आलमको साथमा सदस्य पदको उम्मेदवारहरु मो.जुनेद आलम र सन्नी कुमार साह तथा दलित महिला सदस्यहरु पुन्नी देवी ऋषिदेव र महिला सदस्य सोनी खातुनले सहयोग गर्दै आईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्