०८ बैशाख २०८१, शनिबार
Tags

चुनावको मुखमा श्रोत नखुलेको ८ लाख भारतिय रुपैयाँ सहित एक महिला पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख २६, २०७९

विराटनगर / चुनावको मुखमा विराटनगर महानगरपालिका-१५ स्थित नेपाल भारत सीमा रानी नाका बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जना महिलालाई इप्रका रानी सीमा बाट प्रनानि दिल्ली देवकोटाको टोली शुक्रबार साँझ पक्राउ गरेकाे छ ।

भारत घर बताउने वर्ष ३० की मुन्नी देबी सहनीलाई शुक्रबार साँझ देवकोटाको टोलीले ८ लाख रुपैयाँ भारु सहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ भन्सार कार्यालयको ३ नं गेट हुँदै आउँदै गरेको अवस्थामा नियमित चेक जाँचको क्रममा उनलाई पक्राउ गरेकाे थियाे ।

ईलाका प्रहरी कार्यालय रानी (सिमा) प्रमुख देवकोटाले बताए अनुसार भारत बाट आउने जोकोहीलाई पनि चेक जाँच गरी मात्र नेपाल आउन दिने हुनाले चेक जाँचको क्रममा उक्त रुपैयाँ पेला परेपछि तुरुन्त इलाका प्रहरी कार्यालय रानीलाई आवश्यक अनुसन्धानको लागि पठाएको बताए ।

पक्राउ परेको भारतिय नोट सहित महिलालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्