०८ बैशाख २०८१, शनिबार
Tags

विराटनगरमा मतगणना सुरु

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगरपालिकामा कडा सुरक्षा व्यवस्था मिलाएर मतगणना थालिएको छ । शुक्रबार भएको मतदान पश्चात शनिवार विहान १० बजेबाट मतगणना सुरु भएको हो ।

शुक्रवार राती बसेको सर्वदलिय बैठकले शनिवार विहान देखि मतगणना गर्ने सहमति भएको थियो । विराटनगर स्थित आदर्श उच्च माविमा कडा सुरक्षाकाबीच अहीले मतगणना भइरहेको छ । राजनीतिक दलका प्रतिनिधि बस्ने स्थान र मतगणना स्थानको बीचमा तार जाली लगाइएको छ । मतगणना स्थललाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था पनि मिलाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्