१२ बैशाख २०८१, बुधबार
Tags

विराटनगरको वडाहरुमा राप्रपा १, जसपा १ र नेपाली कांग्रेस ४ वडामा अगाडी

baahrakhari.com शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगरपालिकामा १८८२ मत गणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ६१२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सागर थापाको ४५३ मत आएको छ । अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना भइरहेको छ ।

वडाहरुमा वडाध्यक्षको मत हेर्दा कांग्रेसले तीनवटा वडामा अग्रता लिएको छ । राप्रपाले एक र जसपाले एक एक वडामा अग्रता कायम गरेका छन् । वडा नम्बर २ मा राप्रपाका वडाध्यक्षका उमेदवार पवन सुराना सबैभन्दा अगाडि छन् । वडा नम्बर १७ मा जसपाका उमेदवार समिम कमरले अग्रता कायम गरेका छन् ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका उमेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवारले १३६ मत प्राप्त गरेका छन् ।

वडा २ मा राप्रपाका उमेदवारले ११५ मत प्राप्त गरेका छन् । एमालेले १०४ र कांग्रेसको मत ६४ छ । वडा नम्बर १९ को अध्यक्षमा कांग्रेसका उमेदवारले १२८ र एमालेले १२३ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १८ मा कांग्रेसले ५४, एमालेले ३६ र जसपाले १९ मत प्राप्त गरेका छन् । वडा नम्बर १७ मा जसपाले १९८, कांग्रेसले १०५ र एमालेले १०९ मत प्राप्त गरेका छन् । वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्ष उमेदवारले ५६, एमालेले ३८ र जसपाले ४० मत प्राप्त गरेका छन् ।

baahrakhari.com

यहाँ कमेन्ट गर्नुहोस्