०७ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगरमा छताले खोल्यो खाता, ताजा अपडेट सार्वजनिक

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको सोमवार विहान सम्मको नतिजा सार्वजनिक भएको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ४९९६, एमाले उम्मेदवार सागर थापाले ३५८१, स्वतन्त्र उम्मेदवार उमेश यादवले १६१९ मत प्राप्त गर्नुभएको छ भने राप्रपा उम्मेदवार प्रह्लाद साहले ७७९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३९९६, जसपा उम्मेदवार अमरेन्द्र यादवले २९३३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९०५ मत ल्याएको बुझिएको छ भने राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले ९६५ मत ल्याएकी छिन् । थप परिणाम आउन बाँकी ।

त्यसै गरी विराटनगर महानगर पालिकाको वडा नं १७ मा जनता समाजवादी पार्टीको तर्फ बाट दोश्रो पटक उम्मेदवारी दिएका समिम कमर निर्वाचित हुनुभएको छ भने विराटनगर १९ नं वडामा एमाले बाट उम्मेदवारी दिएका श्याम घिमिरे निर्वाचित हुनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्