१५ चैत्र २०८०, बिहिबार
Tags

विराटनगर १७ मा कमरको पुरै प्यानल विजयी – कसको मत कति ?

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर । विराटनगर १७ को वडाध्यक्ष पदमा जनता समाजबादी पार्टी नेपालका समिम कमर प्यानल सहित निर्वाचित हुनुभएको छ ।

समिम १४५० मत सहित निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका असलम आलमले ९४४ मत हासिल गर्नुभयो । समिम ५०६ मतको मतान्तर सहित विजयी हुनुभएको हो ।

यसअघि २०७४ को निर्वाचनमा समेत विजयी भएर एक कार्यकाल विराटनगर १७ को वडाध्यक्ष सम्हालि सक्नुभएका समिम दोश्रो कार्यकालागि पुनः निर्वाचित हुनुभएको हो ।

उहाँसंगै जसपाको सदस्य प्यानलमा जाकिर आलम,मंजर आलम,महिला सदस्य चुलियादेवी साह र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान निर्वाचित हुनुभएको छ ।

विराटनगर १७ बाट वडाध्यक्ष पदका अन्य उम्मेदवारहरु मध्ये नेकपा एमालेका हमिद आजादले ६०२,माओबादी केन्द्रका जाबेद आलमले ४१२,राप्रपाका बिजय ठाकुरले १०८,एकिकृत समाजबादी का तबरेज आलमले ७२,विवेकशील साझा पार्टीका अवधेशकुमार कर्णले ६,नागरिक उन्मुक्ति पार्टीका सितादेवी राईले ६ मत प्राप्त गर्नुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्