१६ चैत्र २०८०, शुक्रबार
Tags

विराटनगरमा अहिले सम्मको ताजा अपडेट- १८०६४ मतको परिणाम सार्वजनिक

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर / विराटनगर महानगरपालिकाको जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गरेको मतपरिणामको ताजा नतिजा सार्वजनिक भएको छ । जस्मा १८०६४ मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ५६९३, एमाले उम्मेदवार सागर थापाले ४०८३, स्वतन्त्र उम्मेदवार उमेश यादवले १९७४ मत प्राप्त गर्नुभएको छ भने राप्रपा उम्मेदवार प्रह्लाद साहले १११५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ४६८७, जसपा उम्मेदवार अमरेन्द्र यादवले ३३६३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १०७८ मत ल्याएको बुझिएको छ भने राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले १२२४ मत ल्याएकी छिन् ।

मेयरको उम्मेदवार नागेश कोइराला र सागर थापाबीच १६१० मतको फरक छ भने उपमेयरमा शिल्पा कार्की र अमरेन्द्र यादवमा १३२४ मतको फरक रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्