१५ चैत्र २०८०, बिहिबार
Tags

विराटनगर-१३ मा पदभार ग्रहण गरी कार्य सञ्चालन गर्दै नवनिर्वाचित अध्यक्ष यादव

रणभूमी डेस्क सोमबार, जेठ ०९, २०७९

विराटनगर / विराटनगर महानगर पालीकाको १३ नं वडामा नव निर्वाचित वडा अध्यक्ष सूर्यलाल यादवले सोमवार पदभार ग्रहण गरी कार्य सञ्चालन गरेका छन् ।

देशै भरी हालै भएको स्थानिय निर्वाचनमा विराटनगर महानगर पालिकाको १३ नं वडामा यादव राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट निर्वाचित भएका थिए । राप्रपा बाट निर्वाचित हुने वडा अध्यक्षमा विराटनगर महानगर भित्र यादव एक्लो व्यक्ति हुन् ।

यादव सँगै १३ नं वडामा सदस्यहरु नेपाली काँग्रेस बाट १ जना कैलाश पति देव निर्वाचित भएका छन् भने एमाले बाट ३ जना कमला श्रेष्ठ, गौरी कुमारी वैश्य र जानकी देवी खंग निर्वाचित भएकी हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्