१४ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगर-१४ पूर्व वडा अध्यक्षलाई सम्मान सहित विदाई गर्दै महतोले गर्यो पद ग्रहण

रणभूमी डेस्क बुधबार, जेठ ११, २०७९

विराटनगर / विराटनगर महानगर पालीकाको १४ नं वडामा नव निर्वाचित वडा अध्यक्ष सूर्यनारायण महतोले मंगलवार पदभार ग्रहण गरी कार्य सञ्चालन गरेका छन् ।

देशै भरी हालै भएको स्थानिय निर्वाचनमा विराटनगर महानगर पालिकाको १४ नं वडामा महतो एमाले बाट पुरै प्यानल सहित निर्वाचित भएका हुन् । महतो वडा कार्यालय प्रवेश गर्नु अघि वडा कार्यालयको दैलोमा ढोग्दै सबै अग्रज व्यक्तित्वहरुलाई नमन गर्दै आशीर्वाद लिई कार्यालय भित्र प्रवेश गरेका थिए । महतोले वडा कार्यालयमा पदभार ग्रहण गर्नु अघि सोही वडाका पूर्व अध्यक्ष बलदेव यादवलाई समेत सम्मानित गर्दै वडा कार्यालय बाट विदाई गरेको हो । महतोको उक्त क्रियाकलापले महतो एक निष्पक्ष तथा असल व्यक्तित्व भएको वडा अध्यक्ष हो भनी देखाएको उनको समर्थकहरुको भनाई रहेको छ ।

महतोको वडा कार्यालयमा भएको पदभार ग्रहण तथा कार्यसञ्चालन कार्यक्रममा प्रदेश नं १ का माननीय स्वास्थ मन्त्री जयराम यादव र मेयर पदको उम्मेदवार सागर थापा सहित दर्जनौ नेता, कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो ।

महतो सँग सदस्यहरुमा निर्वाचित हुने दलित महिला सदस्य पुनम देवी राम, महिला सदस्य सम्तली देवी विश्वास तथा सदस्यहरु दिन कुमार यादव र बासुदेव शर्मा दुलाल निर्वाचित भएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्