१६ चैत्र २०८०, शुक्रबार
Tags

महानगरमा नवनिर्वचित जनप्रतिनिधी ज्यूहरुलाई सोनार समाजको सम्मन्

रणभूमी डेस्क बुधबार, जेठ १८, २०७९

विराटनगर / नेपाल सोनार समाज मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

समाजले विराटनगरस्थित रामजानकी सेवा सदनमा एक कार्यक्रमको आयोजनागर्दै बैशाख ३० को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । प्रदेश एकका स्थाथ्यमन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोईराला र उपप्रमुख शिल्पा निराला कार्की सहितका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाको वडानम्बर १ देखी १९ सम्मका निर्वाचित वडाध्यक्षहरु वडानम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत,वडानम्बर २ का कुमार पोखरेल,वडानम्बर ३ का बासुबहादुर बस्नेत,वडानम्बर ४ का जितन थापा,वडानम्बर ५ का सन्तोष न्यौपाने, वडानम्बर ६ का हरिश्चन्द्र सहनी र वडानम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीलाई सम्मान गरिएको थियो ।

यस्तै वडानम्बर ८ का वडाध्यक्ष राम पोखरेल, वडानम्बर ९ का विश्वनाथ प्रसाद भगत, वडानम्बर १० का अर्जुन गिरी, वडानम्बर ११ का तिथेन्द्र न्यौपाने, वडानम्बर १२ का हिरालाल कामत, वडानम्बर १३ सुर्यलाल यादव र वडानम्बर १४ का सुर्यनारायण महतोलाई सम्मान गरिएको थियो ।

सोहिक्रममा वडानम्बर १५ का वडाध्यक्ष प्रकाश शाह,वडानम्बर १६ का उद्धवकुमार भुजेल,वडानम्बर १७ का मोहम्मद समिम कमर, वडानम्बर १८ का जितेन्द्रकुमार साह र वडानम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेलाई सम्मान गरिएको थियो । उहाँहरु सबैजनालाई प्रदेश स्वास्थयमन्त्री यादव र नेपाल सोनार समाज मोरङका अध्यक्ष महेशकुमार साह स्वर्णकारले खादा, दोसल्ला, फुलमाला तथा अबिर सहित सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्नुहुदै मन्त्री यादवले वितेको निर्वाचनमा देशका प्रमुख शहरहरुमा स्वतन्त्र उम्मेद्वारहरुप्रति जनताको रुझान देखिएकाले दलिय प्रतिष्ठा अभिबृद्धिगर्ने हिसाबले जनअपेक्षा अनुसार कार्यगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमकाबीच कोभिड १९ को महामारीका बेला सेवा पु¥याएका ६ जनालाई कोभिड हिरोको उपाधि सहित सम्मान गरिएको थियो । संस्थाले सो सम्मानबाट सुरज सहनी,पवन साह,सन्तोष साह,आकाश साह,राकेश साह,विवेक साह र पिंकी स्वर्णकार साहलाई सम्मान गरेको छ ।

सो अवसरमा संस्थाका सहउपाध्यक्ष दिपेन्द्र स्वर्णकार र सल्लाहकार दिनेश ठाकुर लगायतले शुभकामना मनतब्य राख्नुभयो । नेपाल सोनार समाज मोरङले बाढीपहिरो जस्ता दैविक प्रकोपका साथै महामारी लगायतका मानविय संकटका बेला राहतउद्धार तथा पुर्नस्थापनकोक्षेत्रमा समेत काम गर्दै आएको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्