१८ आषाढ २०७९, शनिबार
Tags

कटहरी र धनपालथानको नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान

रणभूमी डेस्क शनिबार, जेठ २१, २०७९

विराटनगर / विराटनगर महानगर पालिका ९ बस्ने समाजसेवी महेश साह स्वर्नाकार सहित समूहले कटहरी गाउँ पालिका र धनपालथान गाउँ पालिकामा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै स्वागत गरेका छन् ।

वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित हुनुभएका कटहरी तथा धनपाल थान गाउँ पालिकाको अध्यक्षहरु देवराज चौधरी र जिवाछ प्रसाद गच्छदार सहित उपप्रमुखहरुलाई पनि स्वागत गर्दै सम्मान गरेका हुन् ।

ओम शान्ति ज्वेलर्सको संचालक महेश साह स्वर्णाकार एक सक्रिय समाजसेवी हुनुका साथै नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष पनि हुन । साह आफ्नो सहयोगीहरुलाई साथमा लिएर नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै जनता सेवामा सदैव समर्पित भई राम्रो काम गर्न प्रोत्साहन गर्दै आईरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्