१४ बैशाख २०८१, शुक्रबार
Tags

१ करोड ४० लाखको लगानीमा देशकै सबै भन्दा ठुलो ड्राइभिंग स्कुल बिराटनगरमा

रणभूमी डेस्क सोमबार, जेठ २३, २०७९

बिराटनगर / मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो ।

बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए ।

संचालनमा आएको ड्राइभिंग स्कुलबाट सेवाग्रहीले मोटसाईकल, लाईट गाडी, टयाक्टर, हेभ्भी गाडी सम्बन्धी सम्पुर्ण सेवा एउटै ठाउँबाट लिन सकिने श्रेष्ठले बताए । त्यसैगरी सेवाग्रहीले दैनिक घन्टाको हिसाबले, महिना र पुर्ण कोर्ष गरी तिन प्रकार सेवा लिन सकिन्छ ।

उदघाटन कार्यक्रममा प्रमुख अथिती बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती कोईरालाले भने बिराटनगरमा यो ड्राइभिंग स्कुल संचालनमा आउनु हामी सबैको लागि गैरबको कुरा हो । अब बिराटनगर सहित मोरगं र प्रदेश १ भरीका ड्राइभिंग सिक्न ईक्छुक व्यक्तिले एउटै ठाउँ ड्राइभिंग स्कुलबाट सेवा लिन सकिन्छ । धेरै ठउँमा कुदनु पर्दैन । यि र यस्ता कुरा संचालन गर्नेलाई बिराटनगर महानगरपालिका सधै साथ रहने र हामीले संचलकहरुलाई प्रोत्साहन गर्नु पर्ने मेयर कोईरालाले बताए ।

सुनसरीको ईटहरी र मोरगंको सुन्दरहरैचामा सफलता पुर्वक संचालनमा रहेको यस ड्राइभिंग स्कुलको यो तेस्रो शाखा हो ।

ड्राइभिंग स्कुलमा मोटरसाईकलको रु १० हजार, लाईट गाडीको रु १५ हजार र हेभ्भी गाडीको रु ३५ हजार मासिक दर रेट राखेको छ । त्यस्तै सवारी चालक ईजाजत पत्र नपाए सम्म सिक्न चाहने सेवाग्रहीको लागि मोटरसाईकलको लागि रु १८ हजार, लाईट गाडीको लागि रु ३५ हजार र हेभ्भी गाडीको लागि रु ४० हजार रहेको छ । सुरुमा आउने सेवा ग्रहीलाई १५ प्रतिशत सम्म छुट दिईने संचालकले बताए ।

ड्राइभिंग स्कुलमा दिन भरीमा २०० जनालाई मोटरसाईकल, १०० जनालाई लाईट गाडी र ५० जनालई हेवी गाडी सिकाउन सक्ने छमता रहेको छ ।

उदघाटन कार्यक्रमको अवसरमा श्रृती अटललाई नि शुल्क सिकाउने घोषना गरेको छ ।

उदघाटन कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, ड्राइभिंग स्कुल संघका पदाधीकारी, जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरगंका प्रमुख राजकुमार कार्की, बिराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जितेन्द्र थापा, वडा नं ६ को वडा अध्यक्ष हरिश्चन्द्र साहनी अक्षेय, समाजसेवी गणेश कुमार साह, स्थानिय, प्रशिक्षाथी, पत्रकार लगायत दजनौं ब्यत्तीहरुको उपस्थिति रहेको थियो

यहाँ कमेन्ट गर्नुहोस्