१३ बैशाख २०८१, बिहिबार
Tags

टाईनी हेण्डस नेपाल द्वारा बल श्रममा प्रयोग हुने ५ जना नाबालकहरुको उद्धार

रणभूमी डेस्क मंगलबार, जेठ ३१, २०७९

विराटनगर / बल श्रमिकको रुपमा कामको लागि भारत तर्फ लैजाँदै गरेकाे पाँच जना नाबालकहरुलाई जोगबनी बस पार्क बाट साना हातहरु (टाईनी हेण्डस) नेपालले उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको छ ।

दुहवी नगर पालिका ९ बस्ने ऋषिदेव थरको ५ जना १३, १४ र १५ वर्ष कलिलो उमेरको नाबालकहरुलाई सोमवार अपराह्न ४ बजेको समयमा साना हातहरु (टाईनी हेण्डस) नेपाल नाम गरेको मानव बेच बिखन विरुद्धको संस्थाले जोगबनी बस पार्क बाट उद्धार गरेको हो । ती नाबालकहरु दुहविकै वर्ष ४२ को बुचन ऋषिदेवको साथमा भारत तर्फ गाईरहेका थिए ।

बालकहरु कहाँ र कुन ठाउँमा जाँदै गरेकाे विषयमा नखुलेको सोध पुछ जारी रहेको साना हातहरु नेपालको विराटनगर शाखा प्रमुख विवस श्रेष्ठले बताए । उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी अभिभावकलाई जिम्मा लगाउने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्