०८ बैशाख २०८१, शनिबार
Tags

बृहत मधेशी नागरिक समाजको ८ औंं दिवसमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान

रणभूमी डेस्क बुधबार, आषाढ ०१, २०७९

विराटनगर / बृहत मधेशी नागरिक समाजको ८ औंं दिवसको अवसरमा विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहको जनप्रतिनिधीहरुलाई सम्मान गरेका छन् ।

स्थानीयत तहको निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधीको नागरिक प्रति जिममेवारी र नागरिक समाजको भूमिका विषयको अन्तरक्रिया कार्यक्रमको साथै बधाई तथा शुभकामना एवं सम्मान कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक, बुद्धीजीवी, समाजसेवी राजेन्द्र प्रसाद गुप्ताले फूलको विरुवामा पानीहालेर समुद्घाटन गर्नु भएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोल, मधेश आन्दोलन लगायतको आन्दोलनमा दर्जनौले शहादत्त प्राप्त गरेपछि लेखिएको २०७२ को संविधानमा अहिलेपनि विभेद रहकोले त्यस्ता विभेद हटाउन सवै राजनितिक दलहरु एक जुट भई हटाउन पर्ने धारणा व्यक्त गर्दै संघियताका पहिलो स्कुल स्थानीय तह भएकोले त्यसलाई बलियो बनाउनु भयो । स्थानीय तहका जनप्रतिनिधीहरुलाई सफलताको सफलताका कामना गर्दै विजय भएका उम्मेदवारहरुले पार्टी भन्दा माथि उठेर जनताको जनचहाना अनुसार काम गर्न आग्रह गरेका थिए ।

सोही अवसरमा वृहत मधेशी नागरिक समाजका महासचिव हिरालाल साहले समाजका आवधचारण पत्र वाचन गरको थियो । सो अवधारण पत्रमा विषेश छलफल समेत भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित भएका विराटनगर महानगर पालिका वडा नं. १० का वडा अध्यक्ष अर्जुन गिरी, वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा नं. १२ का सदस्य कुशेश्वर राजवंशी, वडा नं. १३ का सुर्य लाल यादव, १८ का अध्यक्ष जितेन्द्र कुमार साह, वडा नं. १९ का वडा अध्यक्ष श्याम घिमिरे लगायतलाई फूलमाला लगाई सम्मानपत्रले प्रमुख अथिती र बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले सम्मान गरेका थिए ।

सोही अवसरमा भारत विहारको राष्ट्रिय सहारा ब्यूरो चिफ अररियाका ज्योतिष झा, संवाददाता संगम प्रिया अररिया, फारविसगंज संवाद दाता मनिष कुमार, सिक्टी संवाद दाता रणवीर, डा. सुस्मिता ठाकुर भजापा महिला नगर अध्यक्ष अररिया, नेपाल भारत सस्कृतिक मंचको अध्यक्ष राजेश कुमार शर्मा, प्राध्यापक परशुराम भगत, नेपाल पत्रकार महासंघ मोरंग शाखाको सदस्य तथा रंणभूमि अनलाईका पवन विक्रम शाह, समाजिक अभियन्ता मंजु मण्डल, प्रमुख अतिथीलाई सम्मान उपहार प्रदान गरको थियो ।

सो कार्यक्रम बृहत मधेशी नागरिक समाजका केन्द्रिय अध्यक्ष सुर्यनाथ प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्