२२ बैशाख २०८१, शनिबार
Tags

बिहारमा अग्निपथ योजना को बिरोध, ट्रेनमा आगजनी गर्दै प्रदर्शन

ट्र्याकमा प्रदर्शनका कारण धेरै रेलवे लाइनमा यातायात अवरुद्ध

राजेश कुमार शर्मा बिहिबार, आषाढ ०२, २०७९

जोगबनी / पुरै बिहारमा अग्निपथ योजनाको कडा विरोध भइरहेको छ। युवा र विद्यार्थी सडकमा उत्रिएर हिंसात्मक प्रदर्शन गरिरहेका छन् । बक्सरदेखि मुंगेर र सहरसादेखि नवादासम्म हिंसात्मक प्रदर्शन भइरहेको छ।

भारतीय रेलवे क्रोधित प्रदर्शनकारीहरूको निशाना हो। धेरै ठाउँमा यात्रुवाहक रेलमा आगजनीका घटनाहरू रिपोर्ट आई रहे छन्।आक्रोशित विद्यार्थी र युवाले रेलमार्ग र राष्ट्रिय राजमार्गमा प्रदर्शन गरिरहेका छन् । रेल सेवा नराम्ररी प्रभावित भएको छ । यसैबीच केही जिल्लामा राष्ट्रिय राजमार्गमा प्रदर्शन पनि भएका छन्, जसका कारण यातायात व्यवस्था प्रभावित भएको छ ।

के हो बिरोध को कारण ?

भारतीय सेना, वायुसेना र नौसेनामा भर्तीका लागि अग्निपथ योजना सुरु गर्ने घोषणा गरिएको छ । यस योजना अन्तर्गत इच्छुक युवालाई ४ वर्षका लागि सशस्त्र बलमा भर्ना गरिने छ । जसको बिरोध मा आन्दोलनरत विद्यार्थी र युवाहरु विहानैदेखि हिंसात्मक प्रदर्शन गरिरहेका छन् । सहरसा, छपरा, गोपालगञ्ज, आरा, बक्सर, सिवानलगायत स्थानमा आन्दोलनकारीले रेलमार्ग र सडकमा प्रदर्शन गरिरहेका छन् । यी स्थानहरूमा रेल सञ्चालन ठप्प भएको छ। कतिपय ठाउँमा रेलमा आगजनी समेत गरिएको छ । सुरुमा आन्दोलनकारी विद्यार्थी र युवाले ट्र्याकमा ओर्लिएर अग्निपथ योजनाको विरोध गर्न थाले । चाँडै प्रदर्शनकारीहरू हिंसात्मक बने र यात्रु ट्रेनका बोगीहरूमा आगो लगाइयो। जसका कारण घटनास्थलमा त्रासको वातावरण बनेको थियो । आक्रोशित युवाले सिवान जंक्शन नजिकै सिसवान ढला रेलमार्ग अवरुद्ध गरेका छन् । सोही क्रममा गोपालगञ्जको सिधवालिया स्टेशनमा यात्रुवाहक रेल रोकेर आगजनी गर्दै भीषण प्रदर्शन भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्