१४ बैशाख २०८१, शुक्रबार
Tags

नि:शुल्क शौचालयको व्यवस्था सहित जलजला चौकमा करौती फुड एण्ड वार संचालन

रणभूमी डेस्क सोमबार, आषाढ १३, २०७९

विराटनगर / विराटनगर महानगर पालिकाको ९ नं वडा स्थित जलजला चौकमा नि:शुल्क शौचालयको व्यवस्था सहित आईतवार करौती फुड एण्ड वार क्याफे संचालन आएको छ ।

३० लाख लगानीमा सुरु गरेकाे क्याफेमा शान्त, सुन्दर तथा परिवार मैत्री वातावरण भएको र सबै वर्ग समुदायको मानिसहरू सहजै करौति क्याफेमा खाजा नास्ता खान सकिने किफायती रहेको करौति फास्ट फूडकी सञ्चालिका चाँदनी कटुवालले बताईन ।

करौती क्याफेमा एक पटक मा ५ साय जना अतिथिहरु (पाहुना) अटाउन सक्ने क्षमता भएको र जन्मदिन, विवाह उत्सव लगाएत अन्य खुसी बाड्ने अवसरहरू मनाउन सकिने सुविधा भएको तथा दुई वटा हल र एक क्याविन, एसी जडित वातानुकूलित वातावरण, फ्री इंटरनेटको सुविधा सहितको विशेषताहरु रहेको छ ।

क्याफेमा २५ रुपैयाँ देखि सुवात भएर अत्यन्तै महंगो परिकार २१० रुपैयाँ सम्मको पाउन सकिन्छ । जस्मा चिया कफी चिकेन मोमो, पिजा, बर्गर, स्यानवीच आदि अत्यन्तै काम मूल्यमा उपलब्ध हुनुका साथै सेवा अनुसारको ७० किसिमको परिकार मेनू मा समावेश गरिएको छ ।

विराटनगर महानगर भएपनि शौचालय अभावका कारण महिलाहरुलाई धेरै नै समस्या हुने गरेको छ । जुन समस्या करौति फास्ट फूड सञ्चालिका आफू स्व्यम भोगिसकेको हुनाले आफूले सञ्चालन गरेको व्यापारिक स्थलमा निशुल्क शौचालयलाई पहिलो प्राथमिकतामा राखेको उनले बताईन् ।

करौती फास्ट फुड एण्ड वार क्याफे जलजला चोकमा मेघा बंक अगाडी पहिलो तल्लामा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्