०८ बैशाख २०८१, शनिबार
Tags

संकट मोचन हनुमान मन्दिर कोबिड-१९ एक्सन टिम द्वारा सर्वसाधारणको लागि खुल्ला

रणभूमी डेस्क मंगलबार, आषाढ १४, २०७९

विराटनगर / विराटनगर १५ स्थित रानी सिकियाहिमा श्री संकट मोचन हनुमान मन्दिरको जीर्णोद्धार गरी २४ घण्टे अस्टयाम कार्यक्रम गर्दै उद्घाटन गरेकाे छ ।

मन्दिर निकै पुरानो भए पनि सर्व साधारणको पहुँचमा नरहेको र धेरै लामो समय राम्रो पूजा पाठ नभई बन्द भएको हुनाले जीर्ण अवस्थामा रहेको उक्त मन्दिरमा तालिम केन्द्र कोबिड-१९ एक्सन टिमले पहल गर्दै स्थानियहरुको सहयाेगमा जीर्णोद्धार गरी सर्वसाधारणको लागि खुल्ला गर्दै २४ घण्टे अस्टयाम कार्यक्रम गरी उद्घाटन गरेकाे हाे ।

मन्दिरमा अस्टयाम कार्यक्रमको उद्घाटन विराटनगर-१५ कै प्रतिष्ठित विद्यालय गौतम बुद्धको प्रध्यानाध्यापक केशव लाल सिंह सुवालले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका १ नं प्रदेश समिति कोषाध्यक्ष राजेश गुप्ता, विराटनगर महानगर पालिकाको वडा नं १३,१४,१५ र १६ को वडा अध्यक्षहरु सूर्यलाल यादव, सूर्यनारायण महतो, प्रकाश साह र उद्धव भुजेल सहित समाज सेवी अभियन्ता फिरोज साह, पूर्व सांसद जोगी लाल यादव, अन्तराष्ट्रिय फुटवल खेलाडी पुनम थापा, विक्रम तिवारी, गणेश साह, संजय यादव, मदन शर्मा, समाजसेवी मिलान थापा, अशोक यादव, रसन गौतम, तालिम केन्द्र कोबिड-१९ एक्सन टीम संयोजक नरेश लाभ, श्याम यादव, पत्रकार पवन शाह र शिक्षक अभिनन्दन यादव समेतको उपस्थिति रहेको थियो । त्यसतै धार्मिक कार्यक्रममा सहभागी हुन उद्घाटन कार्यक्रमको अन्तिम समयमा प्रदेश नं १ का स्वास्थ मन्त्री जयराम यादव समेत उपस्थित हुनुभएको थियो ।

महामारीको समयमा सामाजीक अभियान्ताहरु एक जुट भई नरेश लाभको अध्यक्षतामा गठन भएको तालिम केन्द्र कोबिड -१९ एक्सन टिमले महामारी भर मिल्स एरियामा बन्दा बन्दी तथा सो बाट प्रभावित भएकाहरुको सेवा र राहत वितरण गर्नु का साथै कोरोना संक्रमित व्यक्तिहरूलाई आईसोलेसन सम्म पुर्याउने तथा संक्रमितको घरमा सेनेटाईजर गर्नु का साथै गर्ववती, सुत्केरी महिलाहरु लगाएत सबैको लागि खुल्ला हुनेगरी अन्य बिरामीहरुका लागि २४ घण्टे सेवा सहित नि:शुल्क एम्बुलेन्सको व्यबस्था मिलाएर सक्रिय भएको थियो । हाल महामारीको त्रास काम भए पनि तालिम केन्द्र कोबिड -१९ एक्सन टिमको जाँगर काम नभएको र अझै उक्त टीम सक्रियता साथ सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्