०५ बैशाख २०८१, बुधबार
Tags

बाढी पीडितको साथमा मन्त्री कार्की, केसालिय खोलाको स्थलगत निरिक्षण गर्दै पिडीतको साथमा

रणभूमी डेस्क बुधबार, आषाढ १५, २०७९

विराटनगर / मंगलवार विहान देखि निरन्तर परेको बर्षासंगै आएको बाढी तथा डुवानले प्रदेश नं १ को राजधानी विराटनगरमा स्थानीयहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगत वर्षहरु झौ यस वर्ष बाढी बाट हुने जोखिम तथा डुबान न्यूनीकरण गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री माननिय केदार कार्कीले पानीको बहाव बढेका खोलाहरूको स्थलगत निरिक्षण गरी विशेष कुरामा सामवेदनसिल भई कार्यमा लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विराटनगर वडा न ६ र ११को सिमानामा केसलीया खोलाको अनुगमनका क्रममा मन्त्री कार्की पीडित तथा स्थानियहरु संग कुरा गर्दै सरकार उद्घार तथा राहतको कार्यमा खटीरहेकोले सुचना पाउन साथ सुरक्षाकर्मीको टोली परिचालित भैरहेको जनाएको छ । उनले भने, विपतका बेला नागरिक सुरक्षित भएर बसौं । एकअर्कामा सहयोगको भावना राखेर काम गरौं ।’ मन्त्री कार्कीले नागरिकको सुरक्षाको सवालमा कुनै पनि सम्झौता नगर्ने बताए । प्रकृतिक प्रकोप बाट हुने जोखिम कसैले रोक्न नसकेपनि न्यूनीकरण गर्ने सम्भव सबै प्रयास गर्ने मन्त्री कार्की बताउँछन् । प्रदेश नं १ को पहाडमा पहिरो र तराईमा बाढीको समस्या का लागि मन्त्री कार्कीले सम्बन्धित सबै लागीपरेको बताए ।

त्यसै गरी विराटनगर महानगर पालिकाको ६ नं वडा का अध्यक्ष हरिश्चन्द्र साहनी (अक्छे) ले आफै कुटो कोदालो बोकी पानी जम्ने स्थानहरुमा सफा गरेर खुल्ला बनाएका छन् । मंगलवार बिहानको ८ बजे देखि निरन्तर पानीमा भिज्दै वडा अध्यक्ष हरिश्चन्द्र साहनी (अक्छे) वडाको पानी जम्ने ठाउँहरूमा खनेर सफा गरी खुल्ला बनाएका छन् आवश्यक परेको स्थानमा जेसिबि समेत प्रयोग गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्