१६ चैत्र २०८०, शुक्रबार
Tags

लागुऔषध गाँजा सहित दुई जना पक्राउ

रणभूमी डेस्क शनिबार, आषाढ २५, २०७९

झापा / झापाको मेचीनगर नगरपालिका १ ज्योतीटोल बस्ने ४४ बर्षीय पदम बहादुर दर्जी र २३ बर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

शुक्रवार राती साढे ८ बजे प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागुऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्