१६ चैत्र २०८०, शुक्रबार
Tags

सुपारी सहित सवारी साधन पक्राउ गरी राजस्व दाखिला

रणभूमी डेस्क शनिबार, आषाढ २५, २०७९

झापा / झापाको मेचिनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ ।

शनिवार बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य बराबरको बरामद गरेको हो ।

बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्