१३ बैशाख २०८१, बिहिबार
Tags

सञ्चार सहकारी संस्था द्वारा बिराटनगरमा ४ जना पत्रकार सम्मानित

रणभूमी डेस्क सोमबार, आषाढ २७, २०७९

विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था बिराटनगरले चार जना पत्रकारलाई सम्मान गरेको छ ।

संस्थाको ११ औ स्थापना दिवशको अवसर पारेर आज बिराटनगरमा मकालु टेलिभिजनकी सम्बाददाता उषा सरदार लगायत ,शिक्षक मासिक काठमाडौका सम्पादक राजेन्द्र दाहाल,नेपाल टेलिभिजन बिराटनगर सम्बाददाता मोहन मानन्धर र उद्घोष दैनिकका सम्बाददाता बाबुराम भण्डारीलाई नगद सहित फुलमाला र सम्मानपत्रले सम्मान तथा पुरस्कृत गरेको हो ।

डा. समझना प्रधानले आफना बुवा वरिष्ठ समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र आमा ईन्दिरा प्रधानको नाममा राखेको ५१ हजार राशिले दाहाललाई पुरस्कृत गरेका हुन् ।

समाज सेवि दिनबन्धु गोयलले आफ्नो दाजुको नाममा ५ लाखको अक्षयकोष खडागरी सो को ब्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने ५० हजार राशिको पुरस्कार मानन्धरलाई प्रदान गरिएको छ ।

मेम्वर चन्द्रलाल दुर्गादेबी दाहल सञ्चार श्रमजीवी २१ हजार राशिको पुरस्कार भण्डारीलाई प्रदान गरिएको छ ।

त्यसै गरि मिना देवि श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार १० हजार राशिको पुरस्कारले सरदारलाई पुरस्कृत गरेको हो । सोही अवसरमा प्रदेश नम्बर १ को प्रदेश प्रमुख पशुराम खापुङ्गले सम्मानित पत्रकारहरुलाई शुभकामना दिनु हुँदै उहाले पत्रकार जहिले पनि सत्यतथ्यमा आधारित समाचार लेख्नु पर्नेमा जोड दिनु भयो । उहाले पत्रकारहरुले सरकार सम्म नपुगेको गम्भीर र छयामा परेको बिषयलाई उठान गरि दिएर सरकारलाई समयमा सहि काम गर्न झकझकाउने गरेको बताउनु भयो। खापुङ्गले देशमा बढी रहेको हत्या हिंसा महगी , भ्रष्टाचारलाई नियन्त्रण गर्न दरो रुपमा कलम चलाउनु पर्ने मा जोड दिनु भयो ।

कार्यक्रममा मोरङ्गको प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाल पत्रकार महासंघ मोरङ्ग अध्यक्ष संजिब खनाल,समाज सेवि तथा उधोगी दिनबन्धु गोयल, सम्मानित हुने पत्रकार राजेन्द्र दाहाल लगायतले पुरस्कृत हुने हरुलाई शुभकामना दिनु भएको थियो। उक्त कार्यक्रम सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड बिराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्