०८ बैशाख २०८१, शनिबार
Tags

बर पिपलको यात्रा मधेस देखि हिमाली जिल्ला दोलखा सम्म

राजेश कुमार शर्मा बुधबार, आषाढ २९, २०७९

जनकपुर / घरको छत, पर्खाल तथा नालामा उम्रेका देववृक्षको रुपमा परिचित बर पिपलको दिब्यांग विरुवाहरु संरक्षण गरी आवश्यक स्थानमा रोपण गर्ने गराउने अभियान धनुषाका डी.एफ.ओ. सुरेश शर्माले सञ्चालन गर्नुभएको भएको छ ।

विरुवाहरु घरको छत, पर्खाल तथा नालामा उम्रेर संरक्षणको पर्खाईमा रहेकाहरुलाई साथीहरुको सहयोगमा उद्धार गरी केही समय स्याहार सम्भार गरी उचित समय र स्थानमा रोपण गर्ने गराउने अभियान बारेमा बागमती प्रदेशको वन तथा वातावरण मन्त्री बिशाल खड्का संग छलफल गरिएको हो । प्रथम चरणमा दोलखा जिल्लामा र क्रमशः बागमती प्रदेश भरी बर पिपल रोपण अभियान संचालन गर्ने र यसमा विरुवाको सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

तत्पश्चात दोलखा जिल्लामा स्मार्ट दोलखा अभियान सञ्चालन गर्ने योजना अन्तर्गत त्याहाँबाट मांग भए अनुसार बुधवार बर, पिपल र स्वामीका गरी ५९० थान विरुवा दोलखा जिल्लाको लागि पठाईएको छ ।

उक्त कार्यमा उधोग पर्यटन तथा वन मन्त्रालयको उपसचिव राजेश मिश्रा तथा ना.सु. राम बल्लभ मिश्र, रेन्जर नागेश्वर यादव, समेतको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित