१५ बैशाख २०८१, शनिबार
Tags

ओम शान्ति ज्वेलर्सका संचालक साहले मनाए २५ विवाह उत्सव मानव सेवा आश्रममा

रणभूमी डेस्क बुधबार, आषाढ २९, २०७९

विराटनगर / समाजसेवामा सक्रिय विराटनगर-९ निवासी ओम शान्ति ज्वेलर्सका संचालक महेश कुमार साह स्वार्नाकारले आफ्नो २५ औ विवाहउत्सव मानव सेवा आश्रममा अन्न दानगरी मनाएका छन् ।

विपतको बेलामा होस् वा महामारीको अवस्थामा दिन दुःखी तथा समस्यामा परेका व्यक्तिहरूकोलागि सहारा बनी दुःखमा सदैव आफ्नो क्षमताले भ्याए सम्म साथ रहने र सके जती सहयोग गर्न अग्रसर रहने नेपाल सोनार समाज मोरङ्गका अध्यक्ष समेत रहेका साह आफ्नो पत्नी पिंकी साह स्वार्णकारलाई साथमा लिई सेवा तथा सहयोग कार्यमा संलग्न भईरहेका हुन्छन् । महामारीको समयमा मास्क, सेनेटाईजर, खाद्यान्न सामग्री, स्वास्थ सामग्री लगाएतको सामानहरु, जाडोको मौसममा गरीब परिवारहरुलाई न्यानो लुगा तथा कम्बल वितरण देखि लिएर दैवी प्रकोप बाढी आएको बेला समेत स्वइच्छाले विपतमा परेका हरुको उद्दार तथा राहत वितरण जस्ता कार्यहरू गर्दै कोही व्यक्ति बिरामी भएर सहयोग माग्न पुगेकाहरुलाई निराश हुन नदिने व्यक्तित्व महेश कुमार साह स्वार्णकारले आफ्नो विवाहको २५ सौ विवाह उत्सवमा पनि सामाजीक कार्यहरु गरी मनाएका हुन ।

महेश साह र पिंकी साहलाई २५ औ विवाह उत्सवको अवसरमा मानव सेवा आश्रम विराटनगरमा सबैले आशीर्वाद दिनुका साथै शुभकामना व्यक्त गरेका थिए ।

आफ्नो जीवनको एक महत्वपूर्ण दिन मानव सेवा आश्रममा मनाउन पाउँदा साह दम्पती हर्षित भएका छन् ।

अरूको दुःखमा सहयोग मात्रै हैन आफ्नो खुशीको पल पनि यसरी बाड्दा समाजमा एउटा राम्रो सन्देश प्रवाह भएको मान्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित