१६ चैत्र २०८०, शुक्रबार
Tags

ईप्रका रानीद्वारा ४५० लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिई गरीयो नष्ट

रणभूमी डेस्क सोमबार, साउन १६, २०७९

विराटनगर / विराटनगर महानगर पालिकाको १८ नं वडाबाट ईलाका प्रहरी कार्यालय रानीको एक प्रहरी टोलीले ४५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

रानी एरियामा पर्ने विराटनगर -१८ वडाको डगरा टोलबाट घरमै उत्पादन गरी बजार सम्म पुर्याउने घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानीलाई विराटनगर १८ को डगरा टोलमा गैरकानुनी ढंगबाट ठुलो परिमाणमा मदिरा उत्पादन हुने गरेको सूचना प्राप्त भएपछि ईप्रका रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नाल सहितको एक टोली सो ठाउँमा पुगी उक्त ठाउँमा भट्टी सञ्चालन गरी मदिरा उत्पादन गर्ने ४/५ वटा घरबाट मदिरा सहित कच्चा पदार्थहरु नियन्त्रणमा लिएर तत्कालै खुल्ला ठाउँमा पोखाएर नष्ट गरेकाे स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्