१६ चैत्र २०८०, शुक्रबार
Tags

बिहार जल संसाधन विभाग मन्त्री सञ्जय झा द्वारा सप्तकोसी नदि क्षेत्रको निरीक्षण

राजेश कुमार शर्मा बिहिबार, साउन १९, २०७९

विराटनगर / भारत बिहार राज्यको जल संसाधन विभाग मन्त्री सञ्जय झाले सप्तकोसी नदि क्षेत्रको निरीक्षण गर्नुभएको छ । बिहिवार मन्त्री झाले सप्तकोशी नदिको पश्चिमी र पुर्वी तटबन्धन र कोशी ब्यारेज पुलको समेत निरीक्षण गर्नुभएको हो ।

मन्त्री झाले पत्रकारसँगको कुराकानीमा कोशी ब्यारेजको यातायात व्यवस्थामा चुनाेैती देखिएको बताउनुभयो । उनले कोशी ब्यारेज र तटबन्धलाई पुनः जीवन दान दिने गरि मर्मत सम्भार गर्ने बताउनुभयो । मन्त्री झाले कोशी ब्यारेज पुल र तटबन्धलाई मर्मत गर्न दुवै देशको सहयोगको अपेक्षा गर्नुभयो ।

मन्त्री झाले भने,’ कोशी व्यारेज र तटबन्धको मर्मत सम्भारमा दुवै देश मिलेर गर्नुपर्छ । किनकी नियम अनुसार दुवै देशको सरकारको विन-विन अर्थात् बराबर जिम्मेवारी हुनुपर्छ । ब्यारेज पुलमा सिमित गतिमा गाडी नचलाउदा खतरापूर्ण बनेको छ । व्यारेज पुलमा गाडी स्पीडमा चलाउदा पुल ड्यामेज हुन् लागेको छ । लिमिट सिस्टममा गाडी चलाउनु पर्छ । यसको गति र तोैल फिक्स गरिएको छ । त्यही अनुसार गाडी चलाउनु पर्दछ । मन्त्री झाले थपे,’ गाडीको स्पीड गति २० हुनुपर्छ तर यहाँ त ६० भन्दा बढीको स्पीडमा गाडी चलाउँछन् । यसलाई यहाँको प्रशासनले सुधार गर्न र ट्राफिक व्यवस्थापन गर्न जरुरी छ । यो साधारण पुल होइन् जुन बन्द गरेर हुन्छ । तोैल बढी भएपछि ड्यामेज हुन्छ र पछि ढाेका खुल्दैनन् ।

मन्त्री झाले बाढी पछि इन्जिनियर द्वारा कोशी ब्यारेज पुलको चेकजाँच गरिने बताउनुभयो । बाढी पछि कोशी ब्यारेज पुलको व्यवस्थापन र मर्मत सम्भार तत्कालै गरिने बताउनुभयो । कोशी ब्यारेज पुललाई स्वस्थ अवस्थामा राख्न तुरुन्तै आफुहरुले काम थाल्ने बताउनुभयो । उनले बिहारको मुख्य नितिश कुमारले पनि चेकजाँच गर्न इन्जिनियरहरुलाई निर्देशन दिएको बताउदै बिहारको मुख्यमन्त्रीले पनि तुरुन्तै मर्मत सम्भार गर्ने पक्षमा रहेको र निर्देशन समेत दिएको जिकिर गर्नुभयो ।

मन्त्री झालाई कोशी गाउँपालिकाको उपाध्यक्ष अनिता देवी यादव, कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल र मैथली सेवा समिति सुनसरीका अध्यक्ष कमलाकान्त झा लगायतकाले खादा र माला लगाएर स्वागत गर्नुभएको हो ।

यसैबीच सुनसरी, सप्तरी, उदयपुर कोशी बाली क्षति पिडित संयोजक महिदेव प्रसाद चौधरीले आफुहरुको माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाउनु भएको छ । यसैगरी कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादवले पुर्वपश्चिम लोकमार्ग देखि उतर कोशी टप्पु जाने बाटोलाई मर्मत तथा चाैडाई गर्नको लागि ज्ञापन पत्र बुझाउनु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्