१३ बैशाख २०८१, बिहिबार
Tags

जोगबनी प्रहरी चौकीमा मोहर्रम पर्वलाई ध्यानमा राख्दै शान्ति समितिको बैठक

राजेश कुमार शर्मा शुक्रबार, साउन २०, २०७९

जोगवनी / आगामी ९ तारीखको दिन मोहर्रम पर्व मनाउन शुक्रबार जोगबनी प्रहरी चौकी परिसरमा शान्ति समितिको बैठक बसेको थियो । बैठकको अध्यक्षता जोगबनी थाना अध्यक्ष अफताब अहमदले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै थाना अध्यक्ष अहमदले मोहरम कमिटीलाई लाइसेन्स लिनु अनिवार्य भएको बताए साथे शान्तिमा खलल पार्ने प्रयास कसैले गर्दैन सबैले शान्तिपूर्ण वातावरणमा चाड मनाउनुपर्छ । जुलुस पूर्वनिर्धारित रुटमा मात्रै निस्कनेछ । साथै, प्रशासनले हुर्दानगी हरु माथि नजर राख्नेछ । र मजिस्ट्रेटहरू ठाउँ ठाउँमा खटाइनेछन्। साथै थप प्रहरी पनि तैनाथ गरिने भएको छ । बैठकमा उपस्थित जोगबनी नगर पंचायत की निवर्तमान अध्यक्ष अनितादेवीदेवीले चाडपर्वलाई मिलेर मनाउन सबैमा अपिल गरेकी छन् । यस अवसरमा जोगबनी नगर परिषद का कार्यकारी अधिकृत सुशील कुमार, रेलवे थाना अध्यक्ष रामबच्चन सिंह, एसएसबीका रमेश चन्द, अनवर राज, एसआई सुमी स्वराज, कुन्दन भगत, अजय साहनी, अब्दुल वाहिद, नियम भौमिक, सफिक अन्सारी, मो रियाज, आनन्द साह, फिरोज अन्सारी, सचिदानन्द साह, अधिक लाल राम, नरेश सिंह, नबु मोहम्मद लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्