०५ बैशाख २०८१, बुधबार
Tags

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिल कुमार अग्रवाल

रणभूमी डेस्क सोमबार, साउन २३, २०७९

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिल कुमार अग्रवाल सर्वसम्मत बाट चयन भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरे प्रमुख अतिथि रहेको उद्योगीहरूको भेलाले अग्रवालको नेतृत्वमा सुनसरी जिल्ला समिति गठन गरेको हो । त्यस्तै उद्योगपति विनोद अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा ईश्वरीप्रसाद पराजुली, महासचिवमा प्रल्हाद दाहाल, सहसचिवमा दिवाकर पौडेल (सागर) र कोषाध्यक्षमा राजेश गोयल चयनलाई गरिएको हो । उद्योगी रोहित अग्रवाल, विजय साह, अनन्त विष्ट, लक्ष्मण हुमगाईं र प्रकाशकुमार राठी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल उधोग परिसंघ प्रदेश नं १ बाट उक्त्त कार्यक्रममा अध्यक्ष भीम घिमिरे लगायत उपाध्यक्षहरु कृष्ण कुमार अग्रवाल , दीपक पौडेल , सुशिल कुमार जोशी र देवेन्द्र गुप्ता को सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्